गृहपृष्ठ जानकी नवमीकाे दिन मधेशमा आज सार्वजनिक बिदा
जानकी नवमीकाे दिन मधेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम, वैशाख ९ — आदर्श नारी सीताको जन्म स्मृतिमा जनकपुरधाममा आज जानकी नवमी हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन जानकी नवमीको अवसरमा यहाँ विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूमार्फत श्रद्धा अर्पण गरिन्छ।
आज बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ। मन्दिर परिसरमा विशेष पूजाअर्चना, भजनकीर्तन र धार्मिक झाँकी निकाल्ने परम्परागत कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। जानकी मन्दिर व्यवस्थापन समितिले विशेष आरतीसहितको झाँकी प्रदर्शनको व्यवस्था गरेको छ।
मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरेकाले स्थानीय जनजीवनमा उत्सवको रौनक थपिएको छ। भक्तजनको आगमन र उनीहरूको भक्तिभावले जनकपुरधाम आज सम्पूर्ण रूपमा धार्मिक रंगमा रंगिएको छ।








