गृहपृष्ठ सभामुख अर्याल र उद्योगमन्त्री शाह आज रुपन्देही आउँदै

सभामुख अर्याल र उद्योगमन्त्री शाह आज रुपन्देही आउँदै


मंसिर ११ ,२०८३
बुटवल टाइम्स

रूपन्देही । संघीय संसदका सभामुख डोलप्रसाद (डीपी) अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाह आज शुक्रबार रुपन्देही आउनुहुने भएको छ।
सभामुख अर्याल दिउँसो ३ बजे रुपन्देही आइपुग्ने कार्यक्रम रहेको छ। रुपन्देही भ्रमणका क्रममा उहाँले बुटवलस्थित लायन्स आँखा अस्पतालको अवलोकन गर्नुहुने कार्यक्रम तय भएको अस्पतालका डा. शिशिर अर्यालले जानकारी दिनुभयो।
सभामुख अर्याल शनिबार पाल्पामा आयोजना हुने दोस्रो लायन्स क्याबिनेट मिटिङमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाह पनि आजै साँझ ५ बजे रुपन्देही आइपुग्ने कार्यक्रम रहेको छ। उहाँ शनिबार भैरहवामा आयोजना हुने चेम्बर अफ कमर्स, रुपन्देहीको १९औँ वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । धारणसभाको तयारीबारे जानकारी दिँदै संस्थाका अध्यक्ष सचिन रोकाले मन्त्री शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु