गृहपृष्ठ इनम सापकोटासँगको कनेक्सन खुलेपछि महेश श्रेष्ठ पक्राउ

इनम सापकोटासँगको कनेक्सन खुलेपछि महेश श्रेष्ठ पक्राउ


कार्तिक २८,२०८३
बुटवल टाइम्स

काठमाडौ । विवादास्पद छविका इनम सापकोटासँग सम्पर्क तथा विभिन्न कारोबारमा साझेदारी रहेको खुलेपछि कांग्रेससम्बद्ध महेश श्रेष्ठ पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले श्रेष्ठ पक्राउ परेको पुष्टि गरेका छन्। सापकोटाको सम्पर्क व्यक्ति तथा विभिन्न कारोबारमा साझेदार देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत महिना पक्राउ परेका इनम सापकोटा कांग्रेस नेता उमेश श्रेष्ठ सञ्चालक रहेको लिटिल एञ्जल्स स्कुलका पूर्वविद्यार्थी रहेको समाचारमा उल्लेख छ। विद्यार्थी जीवनदेखि नै चिनजान रहेका महेशसँग सापकोटाको शंकास्पद कारोबार रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु