गृहपृष्ठ सुनको मूल्यमा ऐतिहासिक वृद्धि, तोलामा ३६०० रुपैयाँले बढ्यो
सुनको मूल्यमा ऐतिहासिक वृद्धि, तोलामा ३६०० रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो
काठमाडौं, ४ वैशाख २०८२ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ
यसअघि मंगलबार र बुधबार सुन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर एक हजार ९६० रुपैयाँमा पुगेको छ।








