गृहपृष्ठ दशैं बिदापछि रगतको अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
दशैं बिदापछि रगतको अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
कात्तिक,११ , २०८३
बुटवल टाइम्स
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ ।
नेपालीहरूको महान् चाड बडादशैंको लामो बिदाका कारण केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको भन्दै रेडक्रसले रक्तदान गर्न हो । 
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा रगतको मौज्दात सकिएको छ । रगतको अभावले बिरामीको उपचारमा समस्या हुन सक्ने भएकाले इच्छुक व्यक्तिलाई रक्तदान गर्न उनले आग्रह गरेका छन् ।
डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदानमा सहभागी हुन अनुरोध गरेका छन् ।












