गृहपृष्ठ निजामती सेवा विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

निजामती सेवा विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति


असाेज १३,२०८३
बुटवल टाइम्स

काठमाडौ -सरकारले बहुप्रतीक्षित निजामती सेवा विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गर्दै संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो।
विधेयकमा कर्मचारीलाई ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाश दिने प्रावधान प्रस्ताव गरिएको छ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेस गर्न पनि स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु