गृहपृष्ठ शुक्रबार १२:३४ बजे बालेन शाहको प्रधानमन्त्री शपथ तय

शुक्रबार १२:३४ बजे बालेन शाहको प्रधानमन्त्री शपथ तय


चैत ११ , २०८२

बुटवल टाइम्स

काठमाडौं, चैत ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्।

प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ शुक्रबार मध्याह्न १२ः३४ बजे लिने कार्यक्रम तय गरिएको छ।

शपथ ग्रहण समारोहलाई विशेष बनाउने तयारी गरिएको छ। कार्यक्रमका क्रममा सात वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्तिवाचन गर्नेछन्। साथै, १६ जना भिक्षुद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम पनि राखिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शपथ ग्रहणपछि शाहले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नेछन्।

यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही आधारमा पार्टीले एकल सरकार गठन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु