गृहपृष्ठ हतारमा होइन, सोचेर दिएको राजीनामा हो’ – गगन थापा
हतारमा होइन, सोचेर दिएको राजीनामा हो’ – गगन थापा
Oplus_16908288
चैत १०, २०८२
बुटवल टाइम्स
काठमाडौं । गगन थापाले आफूले हतार वा हतासमा राजीनामा नदिएको स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विधानअनुसार नै उपसभापतिलाई राजीनामा दिएको तर उक्त राजीनामा अस्वीकृत भइसकेको जानकारी दिए।
उनले विशेष महाधिवेशन नगरी चुनावमा गएको भए पार्टीले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। “हामी सबैले परिस्थिति मूल्याङ्कन गरेका थियौँ, तर सबैले त्यसलाई बुझ्न सकेनन्,” उनले भने।
राजीनामाबारे उठेका टीकाटिप्पणीप्रति प्रतिक्रिया दिन चाहेनन् भन्दै उनले राजीनामाको निर्णय भने सोचविचार गरेर लिएको उल्लेख गरे। उनले आफ्नो भावना पहिले नै उपसभापति विश्वप्रकाश शर्मा सँग साझा गरेको बताए।
निर्वाचनलगत्तै राजीनामा दिने योजना भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको उनको भनाइ छ।
थापाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे। साथै, केन्द्रीय समितिले आफ्नो अपेक्षाभन्दा फरक निर्णय गरे पनि त्यसलाई सम्मान गर्दै अघि बढ्ने बताएका छन्।










