गृहपृष्ठ प्रधानमन्त्री सुशीला कार्कीबाट तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय
प्रधानमन्त्री सुशीला कार्कीबाट तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय
चैत ११ , फ २०८२
प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन तथा सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, भदौ २३ र २४ का घटनाबारेको प्रतिवेदन आज (बुधबार) संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गरिनेछ।
यसअघि मंगलबार, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि संघीय संसद सचिवालयको पुस्तकालयमा राखेर सार्वजनिक गर्ने निर्णय गरिएको थियो।
त्यस्तै, प्रधानमन्त्रीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय द्वारा तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेकी छन्। उक्त मार्गचित्र सम्बन्धित कार्यालयले सार्वजनिक गर्ने जनाइएको छ ।










