गृहपृष्ठ रूपन्देहीमा ४ लाख ४२ हजारभन्दा बढीले गरे मतदान

रूपन्देहीमा ४ लाख ४२ हजारभन्दा बढीले गरे मतदान


२१ फागुन २०८२
बुटवल टाइम्स

बुटवल । रूपन्देही जिल्लाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा पुगेका छन्।

जिल्लामा करिब ६५ दशमलव ८६ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा कुल ६ लाख ७२ हजार ५ सय २३ मतदातामध्ये ४ लाख ४२ हजार ९ सय ६३ जनाले मतदान गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ९७ हजार २ सय ११, क्षेत्र नम्बर २ मा ८६ हजार ७ सय १५, क्षेत्र नम्बर ३ मा ९७ हजार ३ सय ८७, क्षेत्र नम्बर ४ मा ७६ हजार ८ सय १२ र क्षेत्र नम्बर ५ मा ८४ हजार ८ सय ३८ जनाले मतदान गरेका छन्।

मतदान गर्नेहरूमध्ये २ लाख ३२ हजार १ सय १७ महिला र २ लाख १० हजार ८ सय ४३ पुरुष रहेका छन्। निर्वाचन सम्पन्न भएसँगै सबै मतपेटिका सम्बन्धित क्षेत्रका निर्वाचन कार्यालयमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। 🗳️

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु