गृहपृष्ठ प्रारम्भिक मतगणनामा देशभैरि रास्वपाकाे पक्षमा लहर

प्रारम्भिक मतगणनामा देशभैरि रास्वपाकाे पक्षमा लहर


२२ फागुन २०८
बुटवल टाइम्स

काठमाडौं — निर्वाचनपछिको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उल्लेख्य अग्रता लिएका छन्। विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार रास्वपाले हालसम्म कम्तीमा ४२ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ।

विशेषगरी शहरी क्षेत्रमा रास्वपाको पक्षमा जनलहर देखिएको बताइएको छ। प्रारम्भिक मतगणनाअनुसार झापा–५ मा बालेन शाह अग्रस्थानमा रहेका छन् भने चितवन–२ मा रवि लामिछाने ले अग्रता कायम गरेका छन्। त्यसैगरी चितवन–३ मा सोबिता गौतम अगाडि रहेको प्रारम्भिक नतिजाले देखाएको छ।

काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएको बताइएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार युवापुस्ताको सक्रियता र नयाँ राजनीतिक विकल्पको खोजीका कारण रास्वपाको पक्षमा मतदाताको आकर्षण बढेको देखिन्छ। यद्यपि मतगणना जारी रहेकाले अन्तिम नतिजाले मात्र वास्तविक स्थिति स्पष्ट पार्नेछ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु