गृहपृष्ठ काठमाडौंमा राजावादी प्रदर्शन उग्र, घरका सिसा फुट्दा स्थानीय त्रसित

काठमाडौंमा राजावादी प्रदर्शन उग्र, घरका सिसा फुट्दा स्थानीय त्रसित


१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।

अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् ।

उक्त घरभित्र मानिसहरू छन् । छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका छन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।

त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् ।

चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए ।

उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु