गृहपृष्ठ घट्यो सुनको भाउ , चाँदीमा सामान्य वृद्धि

घट्यो सुनको भाउ , चाँदीमा सामान्य वृद्धि


५  फागुन  २०८२

काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट देखिएको छ।

सोमबार तोलामा ३ हजार रुपैयाँले घटेको सुन मंगलबार थप ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु