गृहपृष्ठ फेरि पक्राउ परे दुर्गा प्रसाई

फेरि पक्राउ परे दुर्गा प्रसाई


४ फागुन २०८२

काठमाडौं, सोमबार, ०४ फागुन २०८२ – मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरी भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको छ। प्रहरीले आशंका गरेको छ कि उनी फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्ने तयारीमा थिए।

यसअघि प्रसाईंलाई माघ २३ मा पनि पक्राउ गरिएको थियो। त्यतिबेला उनले निर्वाचनबारे बोलेका कुरालाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिइसकेको थियो। माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले बयान लिएर छोडेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु