गृहपृष्ठ तिलोत्तमा–१, २ मा रास्वपा घरदैलो अभियानमा उमङ्ग, जनसमर्थन बढ्दै
तिलोत्तमा–१, २ मा रास्वपा घरदैलो अभियानमा उमङ्ग, जनसमर्थन बढ्दै
४ फागुन २०८२
कल्पना घिमिरे
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले तिलोत्तमा–१ र २ काे घरदैलो कार्यक्रमकाे अवसरमा खरेलले इमानदार प्रतिनिधि चयन गर्न मतदातासँग आग्रह गरेका छन्। उनले विगतमा गलत व्यक्तिलाई निर्वाचित गरेर पठाउँदा देशले आजको अवस्था भोग्नुपरेको दाबी गरे।
अहिले जनताको आशा र भरोसा अब रास्वपामाथि केन्द्रित भएको उल्लेख गर्दै पार्टीलाई दुई तिहाइ मतसहित विजयी गराउन खरेलले अपिल गरे। उनले युवाहरूलाई रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने, नीतिगत भ्रष्टाचार उन्मूलन गर्न कडा कानुन बनाउने तथा छिटोछरितो न्यायिक निर्णय हुने व्यवस्था निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। आफू कानुन विषयको विद्यार्थी भएकाले प्रभावकारी र परिणाममुखी नीति निर्माणमा सक्रिय भूमिका खेल्ने उनको भनाइ छ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले पनि अबको विकल्प रास्वपा नै भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले देशमा सुशासन, पारदर्शिता र युवामैत्री नीतिका लागि नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रास्वपालाई समर्थन गर्ने बताएका छन्।










