गृहपृष्ठ ‘देशको हिसाब मिलाउन आएको हुँ, भोट माग्न होइन’ सभापति लामिछाने:
‘देशको हिसाब मिलाउन आएको हुँ, भोट माग्न होइन’ सभापति लामिछाने:
माघ २६, २०८२
कल्पना घिमिरे
बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आउँदो चुनावपछि संसद् प्रभावशाली हुने दाबी गरेका छन्।
सोमबार चुनावी प्रचारप्रसारका क्रममा रूपन्देही अाए का लामिछानेले रास्वपाले क्षमतावान उम्मेदवार उठाएको बताए। उनले भने, “रास्वपाले एक से एक उम्मेदवार लिएर आएको छ। क्षमतावान साथीहरूले टिकट पाएका छन्। अघिल्लो पटक २१ जना सांसदले संसद् हल्लाएका थिए। यसपटक नेपालको संसद् जता हे¥यो त्यतै घण्टीमय हुनेछ।रास्वपाका रूपन्देही–३ का प्रत्यक्ष उम्मेदवार डा. लेखजंग थापाबाट संसद् घण्टीमय बनाउने अभियानको सुरुवात हुने लामिछानेको दाबी छ।
लामिछानेले रूपन्देहीमा भोट माग्न नभई मतदातासँग समर्थनको अपेक्षा व्यक्त गर्न आएको बताए। उनले बताए, “यो ठाउँमा मेरो हिसाब मिलाउन बाँकी छ, मेरा धेरै पसिनाका धारा यहीँ बगेका छन्। मेरो हिसाबको मलाई चिन्ता छैन, तर देशको हिसाब मिलाउन आएको हुँ। आज चुनावी भाषण गर्न आएको होइन, भोट माग्न त भोलि आउँला, आज मन माग्न आएको हुँ।”
लामिछानेले रूपन्देही–२ का रास्वपाका उम्मेदवार सुलभ खरेललाई भोट दिएर जिताई संसद्मा पठाउन मतदातासँग आग्रह गरे।
बुटवलको योगीकुटी शान्ति चोकमा लामिछानेको स्वागतका लागि ठूलो संख्यामा नागरिकहरू भेला भएका थिए। उनी डेढ घण्टासम्म सडक छेउमा उभिएर प्रतीक्षामा रहेका थिए।
गाडीबाट सम्बोधन गर्दै लामिछानेले भने, “तपाईंहरूको आँखाबाट झरेको एक थोपा आँसु र सुसासन, म्याग्दा संसद अगाडी ढलेका जेनजी भाइबहिनीहरूले बगाएको एक थोपा रगत खेर जान दिने छैनौँ।”
अन्त्यमा उनले आगामी फागुन २१ गतेलाई ऐतिहासिक दिन बनाउने उल्लेख गर्दै मतदातालाई आफ्ना छोराछोरीको भविष्यका लागि मतदान गर्न आग्रह गरे।










