गृहपृष्ठ कालीकोट पुगेर बालेनले भने: कर्णालीका सपना अब हाम्रा सपना

कालीकोट पुगेर बालेनले भने: कर्णालीका सपना अब हाम्रा सपना

Oplus_16908288

१६ माघ २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णालीका सपना अब आफ्ना सपना भएको बताएका छन्।
सुदूरपश्चिम प्रदेशको भ्रमण सकाएर कर्णाली प्रदेश पुगेका बालेनले कालीकोटको मान्मबाट सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै “कर्णालीका सुइना, अब हाम्रा सुइना” लेखेका छन्।
शुक्रबार बिहान बालेन रास्वपा अछाम–२ का उम्मेदवार भूपदेव शाहको गाउँ पुगेका थिए। त्यहाँ पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेपछि उनी कर्णाली प्रदेशतर्फ प्रस्थान गरेका हुन्।
उनको कार्यक्रमअनुसार कर्णालीपछि दैलेख हुँदै सुर्खेतसम्म भ्रमण गर्ने योजना रहेको छ।
यसअघि बालेन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बझाङ, डोटी र बाजुरालगायतका जिल्लाको भ्रमण गरिसकेका छन्।
बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु