गृहपृष्ठ कांग्रेसले चुनाव प्रचारमा राष्ट्रिय झन्डा सम्मानपूर्वक प्रयोग गर्न निर्देशन
कांग्रेसले चुनाव प्रचारमा राष्ट्रिय झन्डा सम्मानपूर्वक प्रयोग गर्न निर्देशन
माघ १२, २०८२
काठमाडौं, – नेपाली कांग्रेसले आफ्ना मातहतका पार्टी संरचनाहरुलाई राष्ट्रिय झन्डाको प्रयोगमा विशेष ध्यान दिन परिपत्र जारी गरेको छ।
उपसभापति एवं निर्वाचन परिचालन समितिका प्रमुख विश्वप्रकाश शर्माले सातवटा प्रदेश, जिल्लासहित निर्वाचन क्षेत्रलाई परिपत्रमार्फत निर्देशन दिएका हुन्। परिपत्र अनुसार, चुनाव प्रचारमा १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग नगर्नु आवश्यक छ।
शर्माले राष्ट्रिय झन्डालाई व्यक्तिको शिरभन्दा माथि राखेर सम्मानपूर्वक फहराउन आग्रह गरेका छन्। उम्मेदवार वा प्रचारकले झन्डा शरीरमा ओढाउने, पाखुरामा, कम्मरमा, घाँटीमा ज्याकेट वा मफलर जस्तो प्रयोग गर्ने कार्य नगर्नुपर्ने स्पष्ट परिपत्रमा उल्लेख छ। उनले भनेका छन्, “यस्तो गर्दा झन्डाको सम्मान होइन, अपमान हुन्छ।”
साथै, चुनावी कार्यक्रम स्थल, प्रचार कार्यालय वा सवारी साधनमा राष्ट्रिय झन्डा पार्टी झन्डाभन्दा माथि राखेर फहराउन पार्टी पङ्क्तिलाई अनुरोध गरिएको छ।










