गृहपृष्ठ सरकार सुशासनका पक्षमा तीव्रगतिमा काम गरिरहेको छ : प्रधानमन्त्री कार्की”

सरकार सुशासनका पक्षमा तीव्रगतिमा काम गरिरहेको छ : प्रधानमन्त्री कार्की”


मंसिर २३, २०८२

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले सरकार सुशासन स्थापनाका लागि तीव्रगतिमा काम गरिरहेको बताएकी छन्। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यो सरकार केवल ‘चुनावी सरकार’ मात्र नभई जेनजी आन्दोलनले उठाएका सुशासनका मागको जगमा बनेको सरकार भएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मागअनुसारका उपलब्धि हासिल हुन केही समय लाग्ने बताउँदै भ्रष्टाचारविरुद्ध आवश्यक परे ‘जुनसुकै कठोर कदम चाल्न सरकार तयार’ रहेको स्पष्ट गरिन्।

उनका अनुसार सुशासनका लागि राज्यका संयन्त्र सक्रिय भइसकेका छन्। उनले केही तत्त्वहरू सुशासनका कदमबाट अत्तालिएर धम्की दिने प्रवृत्ति देखिएको बताए पनि, “हामी डराउँदैनौँ,” भन्ने प्रतिक्रिया दिइन्।

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई व्यावसायिक स्वतन्त्रताका साथ निर्भीक रूपमा अगाडि बढ्न आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु