गृहपृष्ठ काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक
काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक
मंसिर १५, २०८
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।
आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।
अस्पतालका अनुसार उनको पिसाबको संक्रमण (UTI) शरीरभरि फैलिएको कारण जटिलता देखिएको थियो।
सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि उनलाई भेट्न अस्पताल पुगेकी थिइन्। शाह पेसाले आयुर्वेद चिकित्सक हुन्









