गृहपृष्ठ प्रधानमन्त्री कार्कीको स्पष्टिकरण : ‘कसैको धर्म होच्याउने आशय थिएन’

प्रधानमन्त्री कार्कीको स्पष्टिकरण : ‘कसैको धर्म होच्याउने आशय थिएन’


मंसिर १४, २०८२
 काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफूले कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य नराखेको स्पष्ट गर्दै सार्वजनिक प्रष्टिकरण जारी गरेकी छिन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उठेका प्रतिक्रियापछि उनले यस्तो स्पष्टिकरण दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत लेख्दै सबै धर्म तथा समुदायप्रति आफ्नो समान सम्मान रहेको बताइन्। उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैसँग आग्रहसमेत गरेकी छन्।

‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,’ उनले लेखेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु