गृहपृष्ठ वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको ३४ प्रकारको अनिवार्य स्वास्थ्य परीक्षण सुरु,
वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको ३४ प्रकारको अनिवार्य स्वास्थ्य परीक्षण सुरु,
काठमाडौं — वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा गुणस्तरीय सुधार गर्दै सरकारले नयाँ मापदण्ड लागू गरेको छ। अब प्रत्येक कामदारले ३४ प्रकारका अनिवार्य परीक्षण गराउनु पर्नेछ र परीक्षण शुल्क ९,५०० रुपैयाँ तोकिएको छ।
नयाँ कार्यविधिअनुसार १७१ स्वास्थ्य संस्था मात्र सूचीबद्ध छन्, जबकि मापदण्ड पूरा नगरेका २९ संस्थालाई सूचीबाट हटाइएको छ। परीक्षणमा रक्त, क्षयरोग, मृगौला, हृदय, मधुमेह, हेपाटाइटिस, मलेरिया लगायतका जाँच समावेश छन्।
सरकारले डिजिटलाइजेशन मार्फत झुट्ठा मेडिकल रिपोर्ट रोक्ने र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना बनाएको छ। यसले कामदारलाई विदेश जानुअघि रोग पहिचान गरी उपचारको मौका दिनेछ र अकस्मात मृत्युको जोखिम घटाउने विश्वास गरिएको छ।
श्रम मन्त्रालयका अनुसार, नयाँ मापदण्डले स्वास्थ्य परीक्षणको पारदर्शिता र दक्षता बढाउनेछ









