गृहपृष्ठ प्रतिकूल मौसमका कारण उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र लुक्ला उडानहरू रद्द

प्रतिकूल मौसमका कारण उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र लुक्ला उडानहरू रद्द


कार्तिक १३, २०८२,

काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार देशका विभिन्न हवाई उडानहरू प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानलाई भारतको नयाँदिल्लीमा ‘डाइभर्ट’ गर्नुपरेको छ। त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको विमान लखनउ पठाइएको र इन्डिगो एयरको उडान पनि पुनः दिल्ली फर्काइएको विमानस्थलले जनाएको छ।

मौसमका कारण आन्तरिक उडानहरू समेत अवरुद्ध भएका छन्। बिहान लुक्लातर्फका सबै निर्धारित उडानहरू रद्द गर्नुपरेको छ। कम दृश्यता (भिजिबिलिटी) का कारण विमानहरूको नियमित उडान–अवतरण सम्भव नभएको विमानस्थलका अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु