गृहपृष्ठ मनाङमा हिमपात: १५ सय नागरिक र २ सय विदेशी सेनाद्वारा उद्धार

मनाङमा हिमपात: १५ सय नागरिक र २ सय विदेशी सेनाद्वारा उद्धार


कार्तिक १२, २०८२

, काठमाडौं ।मनाङ क्षेत्रमा परेको भारी हिमपातमा फसेका करिब १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ।

तिलिचो, खाङ्सार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे आसपासका क्षेत्रमा फसेकाहरूलाई सेनाले सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको सैनिक मुख्यालयले जनाएको छ। फसेकामध्ये करिब २ सय जना विदेशी पर्यटक समेत रहेको जनाइएको छ।

उद्धार कार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय समुदायका व्यक्तिहरू सक्रिय सहभागी रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु