गृहपृष्ठ कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते हुने
कक्षा १२ पूरक परीक्षा असोज ७ र ८ गते हुने
आश्विन ५, २०८२
भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा लिने तालिका सार्वजनिक भए पनि मुलुकको वर्तमान अवस्थाका कारण बोर्डले तालिका संशोधन गरी नयाँ मिति तोकेको हो।
बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीले सोही दिन परीक्षा दिनुपर्नेछ। दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि पहिलो दिन सानो कोड नम्बर भएको विषय — अनिवार्य अङ्ग्रेजी (००४१) वा अनिवार्य नेपाली (००२१) — को परीक्षा हुने व्यवस्था मिलाइएको छ।
त्यस्तै, असोज ८ गते दुई विषयमा पूरक परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। उक्त दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा भने सञ्चालन नहुने बोर्डले स्पष्ट पारेको छ।
बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको र तोकिएको केन्द्रमै परीक्षा सञ्चालन हुने जानकारी दिएको छ।










