गृहपृष्ठ असोज ३ मा माइतीघरमा जेन–जीको र्याली: संविधानमै समाधान खोज्न आग्रह
असोज ३ मा माइतीघरमा जेन–जीको र्याली: संविधानमै समाधान खोज्न आग्रह
आश्विन २, २०८२
काठमाडौं । जेन–जी समूहले संविधान दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ।
समूहका एक सदस्यका अनुसार नेपालको संविधान २०७२ को रक्षार्थ उक्त प्रदर्शन आयोजना गरिएको हो। उनले भने, “मुलुकको निकास यही संविधानमै छ, हामी संविधान बाहिर जान खोजेका होइनौं। संविधानलाई कमजोर पार्ने प्रयास भएमा ठूलो आन्दोलन गर्न बाध्य हुनेछौं।”
यससँगै समूहले अन्तरिम सरकारले तोकिएको मितिमै निर्वाचन गराउनुपर्ने माग राखेको छ।
संविधान दिवस असोज ३ गते परेको छ। यही दिन बिहान ११ बजे माइतीघरमा प्रदर्शन हुने बताइएको छ।










