गृहपृष्ठ लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र, सबै शक्तिबीच दह्रो एकता आवश्यक’: दाहाल

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र, सबै शक्तिबीच दह्रो एकता आवश्यक’: दाहाल


आश्विन ३, २०८२

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा लोकतन्त्र, गणतन्त्र र परिवर्तनप्रेमी सबै शक्तिबीच मजबुत एकताको आवश्यकता औँल्याएका छन्।

शुभकामना सन्देशमार्फत उनले “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो” भन्दै संविधान र लोकतन्त्रको रक्षा गर्नु राष्ट्रको स्वतन्त्रता जोगाउने साझा कर्तव्य भएको बताए।

हालैको जेनजी आन्दोलनलाई स्मरण गर्दै दाहालले समयले संविधानको निरन्तरतासँगै परिमार्जन र विस्तारको माग गरेको टिप्पणी गरे। उनले अहिलेको सबैभन्दा उच्च प्राथमिकता भनेको देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको बताए।

भदौ २३ र २४ गतेका घटनाबारे दाहालले स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सरकारसँग माग गरेका छन्।

उनले भने, “जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थितिवाद र तदर्थ शासनको विरोधी तथा उन्नत लोकतन्त्रको पक्षधर आन्दोलन हो। तर २३ र २४ भदौका घटनालाई एउटै कोणबाट मूल्याङ्कन गर्न सकिँदैन। २३ भदौको आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु