गृहपृष्ठ जेनजी आन्दोलन : ७२ मृतकमध्ये १० जनाको शवयात्रा काठमाडौंमा, चारको पशुपतिमा अन्त्येष्टि

जेनजी आन्दोलन : ७२ मृतकमध्ये १० जनाको शवयात्रा काठमाडौंमा, चारको पशुपतिमा अन्त्येष्टि


भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रा आज नगर परिक्रमा गर्दै पशुपति आर्यघाटतर्फ अघि बढेको छ। टिचिङ अस्पतालमा पोष्टमार्टम प्रक्रिया पूरा भएपछि शव परिवारलाई बुझाइएसँगै महाराजगन्ज र चाबहिल हुँदै शवयात्रा अघि बढाइएको हो। यस क्रममा सयौँ युवा मोटरसाइकलसहित जुलुसमा सहभागी भएका छन्।

शवयात्रामा १० जनाको शव सामेल भए पनि तीमध्ये ६ जनाको शव हेलिकप्टरमार्फत काठमाडौं बाहिर लगिने भएको छ। बाँकी चार जनाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिनेछ।

सरकारले आन्दोलनमा ज्यान गुमाउने सबैलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ।

जेनजी आन्दोलन हिंसात्मक बनेसँगै हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ। तीमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो भने केही जलेको अवस्थामा भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु