गृहपृष्ठ संसद सचिवालयको सूचना: लुटिएका उपकरण फिर्ता गर्न र जानकारी दिन अनुरोध
संसद सचिवालयको सूचना: लुटिएका उपकरण फिर्ता गर्न र जानकारी दिन अनुरोध
भाद्र ३०, २०८२
, काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको आन्दोलनका क्रममा संसद भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना जारी गर्दै प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिनलगायत विभिन्न विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको जानकारी आएको उल्लेख गरेको छ।
सचिवालयले यस्ता सामग्री राखिएको स्थान वा संलग्न व्यक्तिबारे जानकारी भएमा आफूलाई खबर गर्न आग्रह गरेको छ। साथै, लुटपाटसँग सम्बन्धित भिडियो फुटेज उपलब्ध गराउन अनुरोध गर्दै सूचना वा प्रमाण दिने व्यक्तिको परिचय गोप्य राखिने आश्वासन दिएको छ।
गत भदौ २४ गते जेनजी युवाको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।








