गृहपृष्ठ पहिलो महिला महान्यायाधिवक्ता: सविता भण्डारी बराल नियुक्त

पहिलो महिला महान्यायाधिवक्ता: सविता भण्डारी बराल नियुक्त


भाद्र २९, २०८२

काठमाडौं। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल मुलुककी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको नियुक्ति गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको सिफारिसमा बराललाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो।

यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए, जसलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएका थिए।

बरालको नियुक्तिसँगै मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको ऐतिहासिक क्षण दर्ज भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु