गृहपृष्ठ सरकारको निर्णय : जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मान, असोज १ शोक दिवस र सार्वजनिक बिदा

सरकारको निर्णय : जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मान, असोज १ शोक दिवस र सार्वजनिक बिदा


भाद्र ३०, २०८२

काठमाडौं । सरकारले पर्सि (असोज १) शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

सरकारले असोज १ गते सार्वजनिक बिदा दिने, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाउने र उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। मन्त्री अर्यालका अनुसार मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।

जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन्। तीमध्ये २८३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु