गृहपृष्ठ संस्कृति र पर्यटनसँग जोड्न सकिने तीज पर्व: सञ्चारिका समूह रुपन्देही

संस्कृति र पर्यटनसँग जोड्न सकिने तीज पर्व: सञ्चारिका समूह रुपन्देही


 


५ भदौ  ,रुपन्देहीमा सञ्चारिका समूहले आयोजना गरेको हरितालिका तीज संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रम मा सहभागी वक्ताहरूले तीजलाई भड्किलो भन्ने गलत धारणा हटाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले तीजलाई मौलिक संस्कृतिको रूपमा जगेर्ना गर्दै पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाकी प्रमुख सचेतक जमुना ढकालले तीज महिलाहरूका लागि दुख–सुख साट्ने चौतारो भएको बताइन्। उनले भनिन्, “दशैं–तिहारमा पुरुषले गर्ने रमाइलोलाई कसैले विकृति भन्दैनन्, तर महिलाले तीजमा रमाउँदा मात्र प्रश्न उठाइन्छ। यो दोहोरो व्यवहार हो।” ढकालले महिलाको अवस्था परिवर्तन भए पनि नेतृत्व तहमा अझै कमजोर रहेको उल्लेख गरिन्।

सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमादेवी अधिकारीले चाडपर्व समाजलाई आर्थिक रूपमा चलायमान बनाउने बताएँ। उनका अनुसार, “पर्वले संस्कृतिको जगेर्ना मात्र होइन, सकारात्मक पक्षलाई आत्मसात् गर्दै नकारात्मकतालाई सुधार्दै लैजानु जरुरी छ।

संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले तीज पर्वका अवसरमा महिलाहरू बाहिर निस्कँदा अनावश्यक टिकाटिप्पणी हुने गरेको बताइन्। उनले मौलिकताको अर्थ नबुझिँदा समाजमा विभिन्न समस्या उत्पन्न भइरहेको पनि औंल्याइन्

 नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल,  नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य  यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रूपन्देही अध्यक्ष दिनेश पाण्डेले तीजलाई पर्यटनसँग जोडेर प्रस्तुत गर्न सकिने बताए। उनीहरूको भनाइमा, यसले नेपाली संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान बढाउने मात्र होइन, अर्थतन्त्रलाई समेत सशक्त बनाउन सक्छ।

क्रियाशील महिला पत्रकार रूपन्देही संस्थापक अध्यक्ष,  भगवती पाण्डे र निवर्तमान अध्यक्ष नीरु गौतमले तीजलाई विकृति नभई परम्परा मान्नुपर्नेमा जोड दिए। उनीहरूले महिलाले सजिलोका लागि होटल वा पार्टी प्यालेसमा मनाउँदा पनि यसको मौलिकता नहराउने बताए।

कार्यक्रमको अध्यक्षता मीना ढकालले गरिन् भने सञ्चालन महासचिव छायाँ पन्तले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु