गृहपृष्ठ बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा
बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा
१५ साउन, काठमाडौं । सत्ता गठबन्धनका मुख्य दुई घटक—नेपाली कांग्रेस र नेकपा एमाले—बीच शीर्षस्तरीय वार्ता अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरू सहभागी छलफल सुरु भइसकेको छ ।
यो वार्ता ओलीले आफ्नै पार्टीका केही मन्त्रीहरूसहित कांग्रेस र लोसपाका मन्त्रीहरूमा पनि हेरफेरको तयारी गरिरहेका बेला भएको हो । स्रोतका अनुसार, यही एजेन्डा बैठकको केन्द्रमा रहेको छ ।
प्रधानमन्त्री ओलीले सरकारको कार्यक्षमता बढाउने सन्दर्भमा देउवालाई आफ्नो दलको केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्न आग्रह गर्ने तयारीमा रहेको उच्च स्रोतको भनाइ छ । सत्ता सञ्चालनको प्रभावकारिता, मन्त्रीहरूको प्रदर्शन मूल्याङ्कन तथा गठबन्धन समन्वयका विषयमा बैठकमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।










