गृहपृष्ठ सहकारीले दियाे महिलाका लागि मानसिक स्वास्थ्य प्रशिक्षण

सहकारीले दियाे महिलाका लागि मानसिक स्वास्थ्य प्रशिक्षण


बुटवल, १५ साउन 

बुटवल–१० मा रहेको ‘सहअस्तित्व बचत तथा ऋण सहकारी संपछिल्ला स्था’ ले आफ्ना महिला सदस्यलाई लक्षित गरी बुधबार मानसिक स्वास्थ्यबारे सचेतना र परामर्शमूलक कार्यक्रम आयोजना गरेको हो। दिनहरूमा मानसिक स्वास्थ्य समस्या व्यक्ति–व्यक्ति र घर–घरमा देखिन थालेको छ बुटवलमा महिला माझ मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मानसिक समस्याको समयमा समयमै उपचार नभए पागलपनदेखि आत्महत्यासम्मको जोखिम रहने भएकाले त्यसको रोकथामका लागि प्र।शिक्षण दिइएको हो ा  सहकारीकी अध्यक्ष सावित्रा लुइटेलका अनुसार, शारीरिकसँगै मानसिक रूपमा पनि महिलाहरू सशक्त र सन्तुलित बनून् भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। “तनाव, अनिद्रा, मन दुख्ने, निराशा जस्ता लक्षण बढ्दै गएको पृष्ठभूमिमा हामीले यो कार्यक्रम गरेका हौं,” अध्यक्ष लुइटेलले भनिन्।कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मनोरोग विशेषज्ञ डा. असिम रेग्मीले मानसिक रोगको कारण, लक्षण, उपचार तथा रोकथामबारे प्रशिक्षण दिनुभयो। “मनका चार खम्बा हुन्छन्—भावना, विचार, व्यवहार र व्यक्तित्व,” डा. रेग्मीले भन्नुभयो, “रोग भएपछि उपचारभन्दा अगावै रोकथाम बढी प्रभावकारी हुन्छ।”उहाँले तनावको लक्षणका रूपमा टाउको दुख्ने, छाती भारी हुने, मांशपेशी कसिने जस्ता संकेत देखापर्न सक्ने बताउँदै, “मन सबैको दुख्छ, तर दुखेको मन लुकाउनु होइन, खुलेर व्यक्त गरेर उपचार गर्नु आवश्यक हुन्छ,” भन्नुभयो।उहाँले तनाव व्यवस्थापन, मनोशारीरिक लक्षणको पहिचान, भावनात्मक सन्तुलन, आहार, विहार र व्यक्तिगत अभ्यासका पक्षमा विशेष जोड दिनुभयो। कार्यक्रममा सहभागी महिलाहरूले चासोका साथ प्रशिक्षण सुनेका थिए।

सहकारी सदस्य सरिता नेपालले आफूले आफूलाई माया गर्ने, सकारात्मक सोच राख्ने र खुसी हुन अभ्यास गरे मानसिक स्वास्थ्य सुदृढ हुने कुरा कार्यक्रमबाट बुझ्न पाएको बताउनुभयो।कार्यक्रम संयोजक अप्सरा पाण्डेले समुदायमा बढ्दो मानसिक समस्या र त्यसको दीर्घकालीन असरलाई ध्यानमा राखी यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा करिब १३ प्रतिशत नागरिक कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। प्रदेश सरकारले हालै मानसिक स्वास्थ्य रणनीति र पाँचवर्षे कार्ययोजना समेत ल्याएको छ।कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपाने प्रमुख अतिथि  र उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल विशिष्ट अतिथि हुनुहुन्थ्याे।

कार्यक्रममा सहकारीकी उपाध्यक्ष सिर्जना अर्यालले स्वागत मन्तव्य दिनुभयो भने सचिव देवी रेग्मी ज्ञवालीले सञ्चालन गर्नुभयो। साथै, वातावरण सचेतना सम्बन्धी सन्देश दिँदै प्रशिक्षक अशेष भण्डारीले प्लास्टिकको झोलाको साटो कपडाको झोलाको प्रयोग  गर्न र न्यून सवारी प्रयोगतर्फ सचेत गराउनुभयो।प्रशिक्षणपछि सहभागी महिलाहरूले दर खाँदै तीज गीतसंगीतमा रमाउँदै आपसी सम्बन्ध सुदृढ बनाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु