गृहपृष्ठ दारी ग्याङ प्युठानद्वारा बिपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री
दारी ग्याङ प्युठानद्वारा बिपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्युठान, साउन ५ – सामाजिक उत्तरदायित्वअन्तर्गत दारी ग्याङ प्युठानको आयोजनामा मल्लरानी गाउँपालिका–३ बन्चरेमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा ५० जना बिपन्न विद्यार्थीहरूलाई झोला सहित शैक्षिक सामग्री वितरण गरिएको छ।
शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पुर्याउने उद्देश्यले सञ्चालित यस अभियानमा दारी ग्याङका प्युठान जिल्ला संयोजक जीवन खनाल को अध्यक्षता तथा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक असल सुवेदी, सह–संयोजक टार्जन भण्डारी, दाङ जिल्लाका स्वास्थ्य संयोजक सुर्य किरण केसी, भालुवाङ पालिका प्रतिनिधि श्रीधर जीसी लगायत प्युठान र दाङका सदस्यहरू — पदम खनाल, विक्रम घर्ती मगर, आशिष श्रेष्ठ, गगन बिसी, आदित्य कशौधन, रोशन पौडेल, रियान शाह —को सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण समाजसेवी मनहरूप्रति दारी ग्याङ परिवारले आभार प्रकट गरेको छ। साथै, कार्यक्रमको समन्वय र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी बहिनी आशा श्रेष्ठलाई पनि विशेष धन्यवाद दिइएको छ।
सामाजिक रूपान्तरणको यात्रामा दारी ग्याङको यस्तो कदमले स्थानीय समुदायमा सकारात्मक सन्देश पुर्याएको छ।










