गृहपृष्ठ यस.ई .ई. मा राम्रो ग्रेड कसरी ल्याउने

यस.ई .ई. मा राम्रो ग्रेड कसरी ल्याउने


बसन्ता घिमिरे पोख्रेल
SEE परीक्षा तपाईंहरूको विद्यालय जीवनको महत्वपूर्ण मोड हो, जहाँ तपाईंले अहिलेसम्म आर्जन गरेको ज्ञानलाई प्रयोग गरेर आफ्नो भविष्यको ढोका खोल्ने अवसर पाउनुहुन्छ। अब परीक्षा आउन थोरै समय मात्र बाँकी छ, त्यसैले तयारीलाई अन्तिम चरणमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे केही महत्वपूर्ण सुझावहरू लिएर तपाईंहरू माझ उपस्थित भएकी छु। यी सुझावहरू तपाईंहरूको तयारीलाई अझ मजबुत बनाउन सहयोगी हुनेछन् र राम्रो ग्रेड ल्याउन मार्गदर्शन गर्नेछन्।

१. Syllabus वा विशिष्टीकरण तालिका पटकपटक हेर्नुहोस् :

तपाईँसँग जुन सिलेबस वा विशिष्टीकरण तालिका छ त्यसलाई पटकपटक हेर्नुहोस् ; यसो गर्नाले तपाईंले पढ्न छुटेको कुनै च्याप्टर छ भने त्यो विषयमा अवगत हुन्छ। तपाईहरुले कुन च्याप्टरबाट बढी अङ्क सोधेको रहेछ त अथवा कुन च्याप्टरको अङ्क धेरै छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

२ . समय तालिका बनाउनुहोस् :
तपाईँसँग छोटो समय छ भने उक्त समयलाई बेस्ट युटिलाइज गर्नको लागि तपाईंले एउटा समय तालिका बनाउन जरुरत हुन्छ। तपाईंले हरेक दिन बिहान उठ्दा बित्तिकै आज दिनभरि कुन कुन विषय पढ्ने, के के काम गर्ने हरेकको एउटा निश्चित टाइम टेबल बनाउनु जरुरत हुन्छ। यदि तपाईंले time table नबनाइकनै काम गर्न थाल्नुभयो भने त तपाईंको नन्सेन्स कार्यहरूमा टाइम वेस्ट भइरहेको हुन्छ । यदि तपाईंले निश्चित समयतालिका बनाउनुभयो भने त्यो समय तालिकाले तपाईँलाई नराम्रा कामहरूमा तपाईंको समय नष्ट हुनबाट बचाउँछ। यसर्थ एउटा सुझाव रहेको छ; समयतालिका बनाउनुहोस्। यो समय तालिका बनाउने कुरा मैले तपाईहरुसँग किन पनि भनेकी छु भने हरेक वर्ष एसएलसी वा एसइइ मा टप गर्ने जति पनि विद्यार्थी छन् उनीहरूको इन्टरभ्यु लिँदा के भनेका छन् भने हामीहरु एउटा समय तालिका वा एउटा रुटिन बनाएर पढ्ने गर्थ्यौ भनेर जवाफ दिएका छन् । त्यसैले समय तालिका बनाएर पढ्दा तपाईँलाई मद्दत मिल्छ ।

३. डिस्कस गर्न छाड्नुहोस् :
विद्यार्थी भाइबहिनीहरू ! तपाईँहरूले पढ्ने बेलामा डिस्कस गर्न अब कम गर्नुहोस्। किनकि तपाईंको exam आउन एकदमै कम समय यानकी एक हप्ता मात्र बाँकी छ। यो समय भनेको सेल्फ स्टडी गर्ने समय वा आफैले एक्लै बसेर अध्ययन गर्ने समय भएको हुँदा सकेसम्म साथीभाइसँग डिस्कस गर्नुको सट्टा एक्लै बसेर पढ्न म यहाँहरुलाई सुझाव दिन्छु ।

४. अब नयाँ च्याप्टर सुरु नगर्नुहोस् :
तपाईँसँग छोटो समय बाँकी छ भने यो बेलामा जुन च्याप्टर तपाईँले पढ्नुभएकै छैन जुन च्याप्टरमा तपाईँलाई कन्फिडेन्स नै छैन त्यो च्याप्टर पढेर तपाईँले बढी समय वेस्ट नगर्नुहोस्। बरू छोटो समयमा पहिले पढेको कुरालाई रिभाइज गर्नुभयो भने उत्तम हुन सक्छ।

५. सजिलो प्रश्न पनि Solve गर्नुहोस् :
कतिपय भाइबहिनीहरूको बानी के हुन्छ भने गाह्रो गाह्रो प्रश्न सल्भ गरेर बस्ने अनि सजिलो प्रश्न सल्भ नगर्ने वा यो त जानिन्छ क्यार भनेर केयरलेस गर्ने त्यो कहिल्यै नगर्नुहोला किनभने भाइबहिनीहरु ! सजिलो question बिगार्यो भने के हुन्छ भने धेरै विद्यार्थीले हामीलाई उछिन्न सक्छन् त्यही भएर सजिलो question बिगार्नु हुँदैन । त्यसैले तपाईँले प्र्याक्टिस गर्दा सजिलो question लाई more टाइम दिनु होला किनभने सजिलो question ले धेरै जसो व्यक्तिहरूलाई लडाई दिन सक्छ, चिप्लाई दिन सक्छ ।

६ . घरमा पढ्ने environment बनाउनुहोस् :
तपाईँको घरमा भाइबहिनीहरू छन् डिस्टर्ब गर्छन् वा टेलिभिजन, मोबाइल ती तपाईँलाई जति पनि डिस्टर्ब गर्ने कुरा छन् तीबाट तपाईं अलग हुनु जरुरत छ किनभने तपाईंले पढ्ने बेलामा टेलिभिजन, मोबाइल फोन चलाउनुहुन्छ भने त्यसले तपाईँलाई डिस्टर्ब गर्न सक्छ। यसकारण म तपाईंलाई के सुझाव दिन्छु भने कम्तिमा पनि एसइइको परीक्षा नसकिने बेलासम्म मोर फोकस पढाइमा हुनुपर्यो ।

७ . कम्तिमा पनि ६ घण्टा मज्जाले आराम गर्नुहोस् :
हामीलाई आरामको पनि जरुरत हुन्छ यदि हामीले पर्याप्त मात्रामा आराम गरेनौ भने हाम्रो दिमागले पढेको कुरा राम्रोसँग क्याच गर्न सक्दैन। र त्यो कुरा लामो समयसम्म सम्झिन पनि सकिन्न त्यसकारण मज्जाले छ घण्टा आराम वा सुत्ने, बाँकी रहेको समय हुन्छ त्यो समय बेस्ट स्टडीमा युटीलाइज गर्न जरुरत हुन्छ ।

८. खानपानमा ध्यान दिनुहोस् :
कतिपय भाइबहिनीहरूको बानी के छ भने बाहिर बजारमा बेच्न राखेका खानेकुरा धेरै खाने । बाहिरका जङ्कफुट फास्ट फुड खाने बानी हुन्छ। त्यसको सट्टा म तपाईँहरूलाई के सुझाव दिन्छु भने घरमा बनाएका ताजा खानेकुरा खानुहोस्। त्यो ताजा खाने कुराहरू जस्तै फलफुल साग सब्जी बढाउनुहोस्। किनभने तपाईंले एक्जामको समयमा तयारी गर्दा एकै ठाउँ बसेर लामो समयसम्म पढिराख्नु पर्ने हुन्छ र त्यो अवस्थामा यदि तपाईंले चाउ चाउ फास्ट फुडहरू वा तयारी खानेकुरा खानुभयो भने तपाईँलाई कस्टिबेसन हुन सक्छ। कस्ती बेसन भयो भने तपाईँलाई झन् जिउ आलस्य हुने, पढ्न मन लाग्ने यावत कुराहरू हुन्छ बाहिर राखेका खानेकुरा खाँदा टाइफाइड र डायरिया पनि हुन सक्छ। त्यसैले खानपिनमा ध्यान दिनु जरुरत हुन्छ।

९. आफूलाई चाहिने सामग्री सबै आफैं बोकेर जानुहोस् :
विद्यार्थी भाइबहिनीहरू ! तपाईहरुले आफूलाई चाहिने सामग्रीहरू सबै आफूले नै बोकेर जानुहोस् । यदि तपाईंले पेन्सिल, इलेजर लगायतका सामाग्री लानुभएको छैन भने साथीसँग माग्नु हुन्छ यसो गर्दा तपाईंको समय पनि नष्ट हुन्छ र तपाईंले क्लासमा डिस्टर्ब गरेको हुनाले तपाईंलाई तपाईंको क्लासमा जो गार्ड वा त्यहाँको अधिकारी व्यक्ति हुनुहुन्छ उहाँले तपाईँलाई क्लासबाट निष्कासन गर्न पनि सक्नुहुन्छ।

१० . आफूलाई परीक्षामा चाहिने सामग्रीको लिस्ट बनाउनुहोस्:
परीक्षामा चाहिने सामग्रीको लिस्ट बनाएर भित्तामा टाँस्नुहोस् र घरबाट हिँड्ने बेलामा ती सामग्रीहरू भए नभएको एकएक चेक गरी निस्कने गर्यो भने कुनै पनि वस्तु छुट्दैनन् जस्तै : तपाईँको प्रवेशपत्र, रुलर, पेन्सिल, कम्पास आदि ।

११. कम्तिमा पनि १० मिनेट अगाडि नै एक्जाम सेन्टरमा पुग्नुहोस् :
कम्तिमा १० मिनेटभन्दा अगाडि एक्जाम सेन्टरमा पुगियो भने एक्जाम सेन्टरको बारेमा अथवा रुल रेगुलेसनको बारेमा थाहा हुन्छ।

१२ . Exam सेन्टरमा आएका विद्यार्थीलाई देखेर नआत्तिनुहोस् :
सेन्टरमा पुगेर तपाईँले के सोच्न सक्नुहुन्छ भने ओहो ! यिनीहरूले कति पढेका होलान् मैले त केही पढेन ।

परीक्षा भन्ने कुरा केवल ज्ञान परीक्षण मात्र होइन, त्यो अनुशासन, समय व्यवस्थापन, मानसिक तयारी र आत्मविश्वासको पनि परीक्षा हो। माथिका टिप्सहरूलाई अनुसरण गरेर तपाईं आफ्नो तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन सक्नुहुन्छ। अन्तिम समयको सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। आत्मविश्वासका साथ परीक्षा दिनुहोस्, मनोबल उच्च राख्नुहोस् र स्वास्थ्यमा पनि ध्यान दिनुहोस्। तपाईं सबैको सफलताको कामना गर्दछु – शुभकामना!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु