गृहपृष्ठ नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेसँगै राष्ट्र बैंकमा लामो समयदेखि जारी गभर्नरको अन्योल टुंगिएको छ।
गभर्नर नियुक्तिको विषयलाई लिएर उत्पन्न भएको सत्ता संकटसमेत यस निर्णयसँगै टरेको छ।यसअघि मंगलबारै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।









