गृहपृष्ठ प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट, भारत–पाकिस्तान तनावबारे जानकारी आदानप्रदान

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट, भारत–पाकिस्तान तनावबारे जानकारी आदानप्रदान


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबीच उत्पन्न तनाव र पछिल्ला घटनाक्रमबारे जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतले आक्रमणपछि चालेका कदमहरूबारे जानकारी दिँदै, ‘भारतले जवाफी कारवाही गरेको हो, तर जेट हमला गरेको भन्ने प्रचार सत्य होइन,’ भन्ने दाबी गरेका थिए। साथै, उनले उक्त घटनाप्रति नेपाल सरकारले सार्वजनिक गरेको वक्तव्यप्रति आभार प्रकट गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिको पक्षमा दृढतापूर्वक उभिएको र सबै प्रकारका आतङ्कवादको भत्र्सना गर्ने स्पष्ट पारे। उनले नेपालको भूमि कुनै पनि द्वन्द्वरत पक्षले छिमेकी राष्ट्रहरूविरुद्ध प्रयोग गर्न नपाउने प्रतिवद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु