गृहपृष्ठ रुपन्देहीमा तरुण दलको सदस्यता संकलन अभियान तीव्र
रुपन्देहीमा तरुण दलको सदस्यता संकलन अभियान तीव्र
रुपन्देही, १८ चैत – तरुण दल रुपन्देही जिल्ला समितिको आयोजनामा आज सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व जिल्ला सभापति प्रसान्त कोइरालाले गरेका थिए, भने नेपाली कांग्रेस महासमिति सदस्य सोम गुरुङ प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा तरुण दलका विशिष्ट अतिथि पूर्व सचिव चिरञ्जीवी जोशी, केन्द्रीय सदस्य अजय रावल, दुर्गा सिंह क्षेत्री लगायतका नेताहरूको उपस्थिति थियो। क्षेत्रीय सभापति हसन्त लामा, किसोर सुवेदी, बुटवल उपमहानगरपालिका सभापति सुजन पुन, सैनामैना सभापति राजु चौधरी लगायतले आफ्ना भनाइ राखेका थिए।
कार्यक्रमको सञ्चालन तरुण दल जिल्ला सदस्य विशाल चौधरीले गरेका थिए।
पूर्णकालिन सदस्यता संकलन र अधिवेशनको तयारी
तरुण दल रुपन्देहीले पूर्णकालिन सदस्यता वितरण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ। चैत्र २८ भित्र वडा र नगर क्षेत्रका सदस्यता जिल्ला कार्यसमितिमा बुझाउने तथा बैशाख २० भित्र वडा, क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ।
यसका साथै, संगठनलाई थप क्रियाशील बनाउनका लागि युवा मिलन तथा सदस्यता वितरण कार्यक्रम को लागि कोषाध्यक्ष वासु बस्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यसमिति गठन गरिएको छ।
तरुण दलले बीपी स्मृति कप खेल आयोजना गर्ने योजना बनाएको छ, जसले युवाहरूलाई एकताबद्ध बनाउने लक्ष्य राखिएको छ।










