गृहपृष्ठ हिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प, ११ हजारभन्दा बढी गाडी अलपत्र

हिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प, ११ हजारभन्दा बढी गाडी अलपत्र


आश्विन ५, २०८२

चितवन — नारायणगढ–मुग्लिन सडकखण्ड तीन दिनदेखि अवरुद्ध हुँदा करिब साढे ११ हजार गाडी सडकमै फसेका छन्। चितवनको तुइन खोलामा शुक्रबार साँझ आएको भीषण पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि आइतबार बिहानसम्म पनि पूर्ण रूपमा सडक खुलेको छैन।

राजधानी काठमाडौंलाई पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने यो मुख्य सडक अवरुद्ध भएपछि दसैँमा घर फर्किने यात्रुहरू मार्गमै रोकिएका छन्। जिल्ला ट्राफिक कार्यालयका अनुसार गाडीहरू लेनअनुसार नचली अस्तव्यस्त रूपमा सडकमा थन्किनुका कारण पहिरो पन्छिएपछि पनि तत्काल यातायात सहज नहुने देखिन्छ।

भरतपुरस्थित डिभिजन सडक कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

  • काठमाडौंबाट पश्चिमतर्फ जाने सवारीले पृथ्वीराजमार्ग हुँदै पोखरा, वा भिमाद–कालीगण्डकी करिडोर प्रयोग गर्न सक्नेछन्।

  • पूर्वतर्फबाट काठमाडौं आउने सवारीलाई नौबिसे–दामन–हेटौंडा सडक उपयुक्त हुने बताइएको छ।

  • नारायणगढ नजिक गैंडाकोटबाट डेडगाउँ–भिमाद हुँदै पृथ्वीराजमार्ग समाएर मुग्लिन निस्कने विकल्प पनि उपलब्ध छ।

मुग्लिनतर्फ पैदल वा साना गाडीमार्फत ओहोरदोहोर गर्ने अर्को विकल्प पनि प्रयोगमा आएको छ। मुग्लिनबाट नदी तरेर तनहुँतर्फ पुगेपछि त्रिशुली किनारको नयाँ सडक हुँदै झोलुङ्गे पुल पार गरेर यात्रुहरू नारायणगढ–मुग्लिन सडक भेटिरहेका छन्।

यस्तै, पृथ्वीराजमार्गको मझिमटार नजिक धादिङको हुग्दी खोलाबाट जोगिमारा–कोट–बाँसपुर हुँदै चितवनको शक्तिखोर पुग्ने ग्रामीण सडक पनि मोटरसाइकल र फोर ह्वीलर सवारीका लागि वैकल्पिक मार्ग बनेको छ। बाँसपुर–शक्तिखोर सडक खण्ड कालोपत्रे भएको स्थानीयले जानकारी दिएका छन्।

सडक खुल्ने समय अझै निश्चित नभएकाले यात्रुहरूलाई असुविधा झन् बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु