गृहपृष्ठ शाहको आक्रोश र काठमाडौं टावर विवाद

शाहको आक्रोश र काठमाडौं टावर विवाद


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारप्रति आक्रोश पोख्दै कर्मचारीको तलब रोकिएको विषयमा कडा टिप्पणी गरेका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउन खोजे पनि संघीय सरकारले उनीलाई निरन्तरता दिने निर्णय गरेको छ।

काठमाडौं टावरको नक्सा विवादले बालेन र संघीय सरकारबीच जुहारी चलिरहेको छ। बालेनले टावरको नक्सा स्वीकृति प्रक्रियामा अनियमितता भएको दाबी गर्दै गुरागाईंलाई कार्यकक्ष प्रवेशमै रोक लगाएका थिए। संघीय सरकारले भने गुरागाईंलाई निरन्तरता दिने निर्णय गरेपछि बालेन असन्तुष्ट बनेका छन्।

यसैबीच, बालेनले काठमाडौं टावर भत्काउनेबारे छलफल थालेका छन्। महानगरले टावर निर्माणमा अनियमितता भएको भन्दै कानुनी रूपमा भत्काउन सकिने संकेत गरेको छ। संघीय सरकार र महानगरबीचको विवादका कारण महानगरका कर्मचारीहरूले तलब नपाएको बताइन्छ।

बालेनले सरकारलाई चेतावनी दिँदै भनेका छन्, “हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाड्दिन्छु।” संघीय सरकार र बालेनबीचको विवादले काठमाडौं महानगरको प्रशासनिक कामकाज प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु