गृहपृष्ठ रूपन्देहीमा प्रहरी सई ३० हजार घुससहित पक्राउ

रूपन्देहीमा प्रहरी सई ३० हजार घुससहित पक्राउ


रूपन्देहीको दुर्घौली प्रहरी चौकीका प्रहरी नायव निरीक्षक (सई) खिमबहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका अनुसार, उनले भन्सार छलीका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए।

 सई खड्कालाई मायादेवी गाउँपालिका–६ स्थित मकरी खाजा घरबाट बिहीबार विशेष सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको हो। अख्तियारका सूचना अधिकारी गीता आचार्यका अनुसार, भारतबाट अवैध रूपमा घरायसी सामग्री ल्याउने क्रममा उनले सो रकम लिएको पुष्टि भएको छ।

हाल अख्तियारले घटनाको थप अनुसन्धान गरिरहेको छ। भन्सार छलेर सामान ल्याउने व्यक्ति वा व्यापारी को हुन् भन्नेबारे पनि छानबिन जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु