गृहपृष्ठ बुटवल प्रदर्शनीमा फोटो पत्रकारिता र सञ्चारमाथि विमर्श

बुटवल प्रदर्शनीमा फोटो पत्रकारिता र सञ्चारमाथि विमर्श


  • पुस १५, २०८२

बुटवल।नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल मण्डपमा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ। १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा वक्ताहरूले फोटो पत्रकारिताले इतिहास, समाज र भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमका रूपमा काम गर्ने उल्लेख गर्दै यसको डिजिटल संरक्षण र संस्थागत सहकार्य आवश्यक रहेको बताए। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो र सञ्चार सामग्रीलाई ‘जीवित इतिहास’को संज्ञा दिनुभयो।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासंघसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै नयाँ पुस्तालाई जोड्न प्रविधिको प्रयोग अपरिहार्य भएको बताउनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले फोटो पत्रकारितामार्फत पर्यटन, उद्योग, वातावरण संरक्षण र नागरिक सरोकारका विषयहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु