गृहपृष्ठ देउवाको कटाक्ष: “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्”

देउवाको कटाक्ष: “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्”


काठमाडौँ, चैत १० – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन्।
कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आइतबार आयोजित कार्यक्रममा सभापति देउवाले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै राप्रपालाई उक्त सुझाव दिएका हुन्।

उनले भने, “नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन। ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्। बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए राम्रो हुन्छ।”

देउवाले पूर्वराजा शाहलाई यदि राजनीतिमा सक्रिय हुन चाहन्छन् भने आफ्नै पार्टी खोल्न सुझाव दिए। उनले भने, “राजनीति गर्न चाहिन्छ भने पार्टी खोल्नुहोस्, तर त्यो पार्टीमा लाग्नेहरूले धेरै दुःख पाउनेछन्।”

साथै, सभापति देउवाले गणतन्त्रलाई संस्थागत गर्न सबैलाई एकजुट भएर लाग्न पनि निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु