गृहपृष्ठ ट्राफिक आइल्याण्ड ढल्यो तर ढलेको छैन प्रहरीको उच्च मनोबल

ट्राफिक आइल्याण्ड ढल्यो तर ढलेको छैन प्रहरीको उच्च मनोबल


भाद्र ३१, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा देशभरका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चिएको थियो । त्यसका कारण काठमाडौं उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहरमा परिणत भएका छन् ।

महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा मात्र तीन जना प्रहरीको ज्यान गएको थियो । त्यस्तो भयावह परिस्थितिबाट गुज्रिए पनि नेपाल प्रहरी उच्च मनोबलसहित अहिले पनि नागरिक सेवामा खटिएको छ ।

आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण आफ्नै बर्दी गुमाएका प्रहरीहरू अहिले बिना बर्दीमै नागरिक सुरक्षामा खटिन बाध्य छन् ।

उपत्यकाका विभिन्न चोकमा रहेको ट्राफिक आइल्यान्ड लगायतका संरचना भत्किएपछि प्रहरीहरू बाँकी रहेको अवशेषमाथि उभिएर, बर्दीविहीन अवस्थामा नै, आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु