गृहपृष्ठ एसईईमा नन ग्रेड भएका विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

एसईईमा नन ग्रेड भएका विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि


काठमाण्डाै  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको हो।

यस वर्ष परीक्षा दिएका करिब पाँच लाखमध्ये ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड हासिल गरेका छन् भने बाँकी विद्यार्थीहरू आवश्यक न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका कारण ‘नन ग्रेड’ भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार, नन ग्रेड भएका विद्यार्थीका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिनेछ। मौका परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले तोकिएको समयसीमाभित्र आवेदन दिनुपर्नेछ।

बोर्डले मौका परीक्षा आयोजनाको निर्णयसँगै नतिजामा असफल भएका विद्यार्थीहरूलाई अध्ययन सुधार र अर्को अवसर प्रयोग गर्न सक्ने वातावरण प्रदान गरेको छ। यसले उनीहरूलाई आत्ममूल्याङ्कनसहित पुनः तयारीको मौका दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु