गृहपृष्ठ एमालेद्वारा रुपन्देही–१ र ५ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

एमालेद्वारा रुपन्देही–१ र ५ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस


पुस २०, २०८२

बुटवल । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. १ र ५ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।

रुपन्देही क्षेत्र नं. १ का लागि क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा. कृष्ण न्यौपानेको नाम सिफारिस गरेको हो। छविलाल विश्वकर्मा २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट संघीय सांसद निर्वाचित भएका थिए।

दधिराम न्यौपाने र डा. कृष्ण न्यौपाने भने २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। दधिराम न्यौपाने २०७९ को निर्वाचनमा पनि प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए।

यस्तै, रुपन्देही क्षेत्र नं. ५ बाट पूर्व राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई एकल रूपमा सिफारिस भएका छन्। भट्टराईले २०७९ सालको निर्वाचनमा राष्ट्रियसभाको करिब डेढ वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको टिकट लिएर उम्मेदवारी दर्ता गराएका थिए।

उक्त निर्वाचनमा एमालेकै वासुदेव घिमिरेले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए। तर निर्वाचन आयोगले पहिले दर्ता भएको आधारमा घिमिरेको उम्मेदवारी सदर गरेको थियो।

यसअघि आजै रुपन्देही क्षेत्र नं. २ बाट पार्टी उपाध्यक्ष विष्णु पौडेललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु