गृहपृष्ठ स्वस्थ बालबालिका र गर्भवती महिलालाई कोभिड खोप नदिने केनेडीको घोषणा

स्वस्थ बालबालिका र गर्भवती महिलालाई कोभिड खोप नदिने केनेडीको घोषणा


मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (पूर्व ट्विटर) मा सार्वजनिक गरिएको ५८ सेकेन्डको भिडियो सन्देशमा मन्त्री केनेडीले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) को सिफारिसमा परिवर्तन गरिएको जानकारी दिएका हुन्।

तर भिडियोमा CDC का कुनै अधिकारी देखिएनन्। अझ रोचक कुरा के छ भने CDC ले यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गर्दै उल्टै पत्रकारहरूलाई केनेडी र स्वास्थ्य मन्त्रालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।

CDC ले हालसम्म ६ महिनाभन्दा माथिका सबै व्यक्तिलाई प्रत्येक वर्ष कोभिड–१९ विरुद्धको बुस्टर डोज सिफारिस गर्दै आएको छ। आगामी जुन महिनामा CDC सल्लाहकार समिति बैठक बस्नेछ, जसले यस वर्षको अन्त्यतिर खोप सिफारिससम्बन्धी नीतिगत निर्णय लिने बताइएको छ।

तर मन्त्री केनेडीले त्यो बैठक कुर्न आवश्यक ठानेनन्। उनले पर्याप्त वैज्ञानिक प्रमाणबिना नै विगतका वर्षहरूमा हरेक पटक बालबालिकालाई खोप सिफारिस गरिएको दाबी गरे। भिडियोमा उनीसँगै खाद्य तथा औषधि प्रशासन (FDA) का प्रमुख डा. मार्टी मकारी र राष्ट्रिय स्वास्थ्य संस्थान (NIH) का प्रमुख डा. जय भट्टाचार्य पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु