गृहपृष्ठ पलेँटीमा कालीप्रसाद रिजाल र आभासको सांगीतिक सहकार्य

पलेँटीमा कालीप्रसाद रिजाल र आभासको सांगीतिक सहकार्य


काठमाडौँ, १४ चैत। हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार आयोजना हुने पलेँटी सांगीतिक कार्यक्रम यसपटक विशेष सहकार्यको साक्षी बन्ने भएको छ। अग्रज गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका संगीतकर्मी आभास बीचको सहकार्यमार्फत नयाँ गीतहरू प्रस्तुत हुनेछन्।

गीतकार रिजालका ताजा सिर्जनाहरूमा आभासले आफ्ना धून र स्वर भरेका छन्। उनीहरू मार्च २८ र २९ मा नेपालयको आरसाला मा विशेष प्रस्तुति दिनेछन्।

गीतकार रिजालको उत्साह
नयाँ गीतहरू लेखिरहे पनि सन्तोषजनक संगीत नपाएका कारण अलमलमा रहेको बताउने रिजाल, आभाससँगको सहकार्यमा ूबच्चाझैँ रमाइरहेकोू अनुभूति गरिरहेका छन्। ूपहिले पनि मेरो आत्मसंस्मरण काँडामा हाँसेको जिन्दगी को लोकार्पणमा नेपालयसँग जोडिएको थिएँ, तर यसपटकको सहकार्य झन् विशेष लागिरहेको छ,ू उनले भने।

वि।सं १९९६ मा धनकुटामा जन्मेका रिजाल कविता लेखनप्रति विशेष रुचि राख्थे। २०१३ सालमा काठमाडौँ आएपछि उनले साहित्यिक यात्रालाई अगाडि बढाए। ूएक दिन मेरो अफिसमा नारायणगोपाल आएर ुगीत लेख्नुहोस्ु भनेपछि मात्रै म गीत लेख्न थालेँ,ू रिजाल सम्झन्छन्।

उनका लोकप्रिय गीतहरू केही मीठो बात गर, आँखा छोपी नरोऊ भनी, झरेको पातझैँ, झर्यो जिन्दगी, यसै गरी बिताइदिन्छु, माया गर्नेको चोखो माया नारायणगोपालको स्वर र संगीतमा अमर बनेका छन्। यी सदाबहार गीतहरू पनि यसपालिको पलेँटीमा सुनिनेछन्।

आभासको संगीतिक पहल
२० वर्षदेखि पलेँटी को संयोजन गरिरहेका आभास यसपटक संगीतकार र गायक दुवै भूमिकामा प्रस्तुत हुनेछन्। रिजालका ८ नयाँ गीतमा उनले संगीत दिएका छन्।

ूरिजाल जस्ता महान गीतकार अझै लेखिरहनुभएको छ, तर उहाँका सिर्जनाहरूमा संगीत भैरहेको छैन भने त्यो राम्रो कुरा होइन भन्ने लाग्यो,ू आभास भन्छन्। ूत्यसैले मैले उहाँका ताजा गीतहरूलाई संगीतबद्ध गर्ने प्रयास गरेँ।ू

गीतसंग्रह ‘केही मीठो बात गर’ लोकार्पण
पलेँटीकै अवसरमा गीतकार रिजालको ‘केही मीठो बात गर’ नामक गीतसंग्रह लोकार्पण हुनेछ। पुस्तकमा २० वटा कविता र ६८ वटा गीतहरू संकलित छन्। साथै, १० वटा गीतहरूको स्टाफ नोटेसन पनि समावेश गरिएको छ, जसले संगीतकर्मीहरूलाई सहजता प्रदान गर्ने पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले जानकारी दिए।

पुराना लोकप्रिय गीतहरू अभिज्ञा घिमिरे र बेनुप क्षेत्री ले गाउनेछन्। वाद्यवादनमा सुनील सिंह, सुन्दरकुमार महर्जन, मिलन घिमिरे, कृपेश लोहनी र लक्ष्मीप्रसाद डंगोल को साथ रहनेछ।

दुई दिने कार्यक्रमका लागि टिकट उबभितष्।अयm।लउ बाट लिन सकिने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु