गृहपृष्ठ रविन्द्र मिश्रको रिहाइको मागसहित दायर रिटमा आज सुनुवाइ

रविन्द्र मिश्रको रिहाइको मागसहित दायर रिटमा आज सुनुवाइ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्रसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिट मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेकी हुन्।

हिजो मिश्रलाई सर्वोच्च अदालतमा शारीरिक रूपमा उपस्थित गराएर पुनः प्रहरी हिरासतमा फर्काइएको थियो। आजको लागि सो मुद्दा सर्वोच्च अदालतको इजलास नम्बर ५ मा तोकिएको छ, जहाँ न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले सुनुवाइ गर्ने छन्।

प्रहरीले मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखेको दाबी गर्दै रिट दायर गरिएको हो। मिश्रका कानुनी प्रतिनिधिहरूले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु